यहाँ निसंकोच भएको छ संविधानमाथि बलात्कार
अबुझ अचेत जस्तै बनी त्यसैलाई देख्छौ तिमी चमत्कार
नजिर कस्तो बस्ला ?
यहाँ सबै कुल्चिएर, सत्तामा मैमत्त भएर जन्मिँदैछ तानाशाह
ताली थप्दै, "बा" जप्दै देख्छौ तिमी बादसाह
नजिर कस्तो बस्ला ?
यहाँ गणतन्त्रको खिल्ली उडाउँदै भइरहेछ प्रतिगमन
त्याग तपस्या बलिदान बिर्सिएर त्यसैलाइ देख्छौ तिमी अग्रगमन
नजिर कस्तो बस्ला ?
यहाँ शिथिल पारिँदैछन् राज्यका निकाए हाबी हुँदैछ व्यक्तिवाद
मौलाउँदै छ भ्रष्टाचार त्यसैलाई खुशी हुँदै देख्छौ तिमी समाजवाद
नजिर कस्तो बस्ला ?
यहाँ बाल मस्तिष्क प्रष्ट हुने गरी बसाइँदै छ सेटिङको संस्कार
भविष्य नहेरी गर्व गर्दै त्यैलाई देख्छौ तिमी पुरस्कार
नजिर कस्तो बस्ला ?
यहाँ संविधानको पक्षमा बोल्नेलाई अन्धाधुन्ध यातना दिँदैछ भक्षक
इतिहास साक्षी हुनेछ भो अब त्यसैलाई देख्न छोड रक्षक
नजिर कस्तो बस्ला?
अरविन्द्र भट्टराई, तनहुँ
तपाईंको ईमेल गोप्य राखिनेछ ।