|

काठमाडौं : नेपाल बङ्गलादेश बैंकले विभिन्‍न विधाका पेशाकर्मीहरूलाई लक्षित गरी डिसी कार्ड योजना ल्याएको छ।

पेशाकर्मीका स-साना व्यक्तिगत आवश्यकता परिपूर्ति गर्न यो योजना ल्याएको बैंकले जानकारी दिएको छ।

यस योजना अन्तर्गत ग्राहकहरूले एउटै खाताबाट कर्जा तथा बचत सुविधा पाउन सक्नेछन्‌।

​कर्जाको सीमा अन्तर्गत रही रकम उपयोग गर्न पाउने र सीमा बाहेकको रकम उक्त खातामा जम्मा गर्दा उक्त रकममा बचत खाताको ब्याज पनि प्राप्त गर्न सक्ने बैंकका अधिकारीहरूले जानकारी दिएका हुन्‌।

यो बैंकले हालसम्म ९९ शाखा, ७ एक्सटेन्सन काउन्टर  तथा ८२ वटा एटीएमबाट बैंकिङ्ग सुविधा दिँदै आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.