|

बैतडी : नेकपाको प्रचण्ड–माधव समूहले गरेको आम हड्तालको प्रभाव सुदूरपश्चिम प्रदेशमा पनि परेको छ।  बन्दले गर्दा प्रदेशको जनजीवन प्रभावित भएको छ। 

संवैधानिक निकायमा सरकारले प्रक्रिया मिचेर एकतर्फी रूपमा नियुक्ति गरेको भन्दै नेकपाको प्रचण्ड–नेपाल समूहले विरोधमा आज देशव्यापी आम हड्तालको गरेको हो। 

बन्दका कारण सुदूरपश्चिममा अधिकांश क्षेत्रमा प्रभाव परेको छ। प्रदेशका सबै जिल्लामा यातायात सेवा ठप्प  रहेको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख, प्रहरी उपरिक्षक बामदेव गौतमले जानकारी दिए।  

आम हड्ताल आह्वानका कारण सुदूरपश्चिमका नौ वटै जिल्लामा यातायात, बजार, उद्योग, शिक्षा लगायतका सम्पूर्ण क्षेत्र ठप्प भएका छन्। सार्वजनिक यातायात सेवा सञ्चालन हुन सकेका छैन्। उनले भने,‘रोकिएका सवारी साधनलाई नेपाल प्रहरीले स्कटिङ गरेर गन्तव्‍यमा पुर्‍याउँदैछ।'

प्रदेशको अस्थायी राजधानी कैलालीको धनगढी,अत्तरिया,कञ्चनपुरको महेन्द्रनगर,झलारी, डडेल्धरा,बैतडी,डोटी,दार्चुला लगायतका मुख्य बजारहरू बन्द छन्। आज लामो तथा छोटो दूरीका सवारी साधन चल्न नसकेको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। 

बन्दकर्ताहरूले प्रदेशका सबैजसो जिल्लाका राजमार्ग तथा सडकहरूमा सरकारविरुद्ध नाराबाजी र टायर बालेर विरोध प्रदर्शन गरिरहेका छन्। बन्दकर्ताले प्रदर्शन गरिरहेका भए पनि अहिलेसम्म प्रदेशका कुनै पनि ठाउँबाट तोडफोड तथा आगजनीको कुनै घटना भएको जानकारी नआएको  ट्राफिक प्रहरीको भनाइ छ।

सरकारले भने प्रहरीले सुरक्षा व्यवस्थामा कडाइ गरिएको बताएको छ। नेपाल प्रहरीले बन्दलाई लक्षित गर्दै सुरक्षा व्यवस्थामा कडाइ गरिएकाले निर्धक्क सार्वजनिक यातायात सञ्चालन गर्न आग्रह गरेको भएपनि सवारी गुड्न सकेका छैनन्।  

बन्दलाई नै लक्षित गर्दै सुरक्षा व्यवस्था कडा पारिएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए। ‘बन्दका कारण कुनै अप्रिय घट्ना नहोउन भनेर सुरक्षा व्यवस्था कडाई गरेका छौं।’उनले भने।

लामो तथा छोटो दूरीका सवारी साधन नचलेपछि काम विशेषले गन्तव्य जाने यात्रुहरु समस्यामा परेका छन्। यता, सुदूरपश्चिम प्रदेशका प्रदेशसभा सदस्य तथा नेकपाको प्रचण्ड–नेपाल समूह बैतडीका सचिव प्रेमप्रकाश भट्ट(आदित्य)ले भने सरकारको गलत कदमका बिरुद्ध सडकमा उत्रिनुपरेको बताएका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.