|

सुर्खेत : कर्णालीका मुख्यमन्त्री महेन्द्र बहादुर शाही नेकपा प्रचण्ड नेपाल पक्षले आह्वान गरेको हडतालमा सहभागी हुन सडकमा उत्रेका छन्।

सरकारविरुद्ध सडक संघर्षमा रहेको नेकपा प्रचण्ड नेपाल समूहको बन्द सफल पार्न कर्णालीका मुख्यमन्त्री शाहीसहित मन्त्रीहरु पनि सडकमा उत्रेका छन्। मुख्यमन्त्री महेन्द्रबहादुर शाही सहित उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसी पनि सडकमा उत्रेका हुन्।

सुर्खेतको स्थानीय मंगलगढी चौकमा पत्रकारसँग प्रतिक्रिया दिँदै मुख्यमन्त्री शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमविरुद्ध सडकमा आउन बाध्य भएको बताए। 

असंवैधानिक  रुपमा प्रतिनिधि सभाको विगठन र संवैधानिक निकायमा गरिएको गैरकानुनी नियुक्तिविरुद्ध सडक संघर्षमा उत्रनु परेको शाहीको भनाइ छ।सञ्चारर्मीसँग कुराकानी गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कमदविरुद्ध सडकमा आउनु परेको बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.