|

भारतमा गत जनवरी १६ देखि कोभिड–१९ विरुद्धको खोप कार्यक्रम सुरु भएको छ। हालसम्म करिब ५० लाख व्यक्तिले खोप लगाइसेकेका छन्। कोरोना भाइरसविरुद्ध खोप लगाउनेमा प्रायः स्वास्थ्यकर्मी रहेका जनाइएको छ।

यहाँ कोरोना भाइरस संक्रमितको संख्या बिहीबारसम्म एक करोड आठ लाख २ हजारभन्दा बढी पुगेको छ। विगत २४ घण्टाको अवधिमा भारतमा १२ हजार ४०८ नयाँ संक्रमित फेला परेपछि कोरोना संक्रमितको संख्या एक करोड आठ लाख २ हजार ५९१ पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शुक्रबार जनाएको छ ।

भारतमा गत २४ घण्टामा कोरोना संक्रमणको कारण १२० जनाको मृत्यु भएपछि कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या एक लाख ५४ हजार ८२३ जना पुगेको छ। मन्त्रालयको पछिल्लो विवरणमा भारतमा एक करोड चार लाख ८० हजारभन्दा बढी व्यक्ति संक्रमणमुक्त भएको देखिएको छ। हाल भारतमा एक लाख ५५ हजार २५ जना सक्रिय संक्रमित रहेका छन्। 

भारतको राष्ट्रिय राजधानी दिल्लीमा बिहीबार १५८ जना थप व्यक्तिमा कोरोना भाइरसका संक्रमण देखिएको र सात जनाको मृत्यु भएको छ। भारतमा कोभिड–१९ सुरु भएयता भाइरस संक्रमणको कारण दिल्लीमा १० हजार ८७१ को मृत्यु भइसकेको छ।

यसैबीच, सरकारले देशका विभिन्न भागमा कोभिड–१९ परीक्षणलाई तीव्रता दिने बताएको छ। भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले बिहीबारसम्म देशभर १९ करोड ९९ लाख ३१ हजारको हाराहारीमा नमूना परीक्षण गरेको छ। बुधबार एकै दिनमा मात्र सात लाख १५ हजार ७७६ व्यक्तिलाई कोभिड¬–१९ परीक्षण गरेको शुक्रबार जनाइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.