|

ब्राजिलमा बिहीबार थप ५६ हजार ८७३ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। गत २४ घण्टामा थप एक हजार २३२ जनाको मृत्यु भएपछि कोरोना भाइरसबाट मृत्यु हुने व्यक्तिको संख्या दुई लाख २८ हजार ७९५ पुगेको छ।

गत २४ घण्टामा ब्राजिलमा ५६ हजार ८७३ थप व्यक्तिमा कोरोना भाइरस संक्रमण भएपछि ब्राजिलमा कुल संक्रमितको संख्या ९३ लाख ९६ हजार २९३ पुगेको छ।

ब्राजिलको साओ पाउलो सबभन्दा बढी कोरोना भाइरस प्रभावित राज्यको रुपमा रहेको छ। विश्वमा कोरोना भाइरस संक्रमणको कारण ज्यान गुमाउने राष्ट्रको रुपमा ब्राजिल हाल दोस्रो स्थानमा रहेको छ। अमेरिका पहिलो, ब्राजिल दोस्रो र भारत तेस्रो स्थानमा रहेको छ। अमेरिकामा कोरोना संक्रमणबाट चार लाख ६६ हजारभन्दा बढीको मृत्यु भएको छ। भारतमा कोरोना संक्रमणबाट एक लाख ५४ हजार ८०० भन्दा बढीको मृत्यु भएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.