|

मुगु : कर्णाली प्रदेको उच्च पहाडी र हिमाली भेगमा बिहीबारदेखि हिमपात सुरु भएको छ। हिमपातले समुद्र सतहदेखि २९ सय ९० मिटर उचाइमा रहेको नेपालकै सबैभन्दा ठूलो ताल रारा क्षेत्र सेताम्य भएको छ।

कर्णालीको प्रमुख पर्यटकीय गन्तव्य यतिबेला रारा चाँदीझै टलक्क टल्किएको छ। रारा हिउँ खेल्ने चाहने पर्यटकहरु यतिबेला चिसोको प्रवाह नगरी आइरहेका छन्। रारा ताल वरिवरि दुई फिटसम्म हिउँ जमेको छ। रुखहरु हिउँले ढाकिएका छन्। 

यति बेला रारा हिउँले मनमोहक देखिएको डा. अर्जुन भामले बताए। उनी पनि रारा हिउँ खोल्न पुगेका हुने। छायाँनाथ रारा नगरपालिका–४ खडेडाका धामी राज्यश्वर मल्लले मुर्माटपसम्म पुगेर रारादेखि वारिपारिको बस्तीको दृश्यावलोकन गर्न सकिने छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.