|

पर्वत : जिल्ला प्रहरी कार्यालय कास्कीले श्रीमतीलाई बन्चरो प्रहार गरी हत्या गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा पर्वतको जलजला गाउँपालिका–७ धाईरिङ घर भई कास्कीको पोखरा महानगरपालिका–३३ उपल्लो पुँडीमा बस्दै आएका ५० वर्षिय गमबहादुर पुन रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुवास हमालले बताए।

शुक्रबार ४२ वर्षीया हरिमाया पुन आफ्नै सुत्ने कोठामा मृत फेला परेकी थिइन्। इलाका प्रहरी कार्यालय शिसुवा डाँडाबाट खटिएका टोलीले गमबहादुरलाई अनुसन्धानका लागि पोखरा–३३ लामगादीबाट नियन्त्रणमा लिएको हो।

अनुसन्धानको क्रममा बिहीबार समयमै खाना नबनाएको विषयमा झगडा परेपछि गमबहादुरले श्रीमतीलाई बञ्चरो प्रहार गरेको पाइएको पनि कास्की प्रहरीले बताएको छ। अभियुक्तलाई कर्तव्य ज्यान मुद्दामा मुद्दा दर्ता गरी कास्की जिल्ला अदालतबाट १० दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.