भारतमा विवादास्पद पत्रकार अनर्ब गोस्वामी र अभिनेत्री कंगना रनौतमात्रै देशप्रेमी रहेको भन्दै व्यंग्य भएको छ।
राज्यसभा बैठकमा शिव सेनाका सांसद सञ्जय राउतले यी दुई व्यक्तिलाई केन्द्र सरकारले संरक्षण दिई फरक विचार राख्नेमाथि खनिन लगाएको भन्दै व्यंग्य गरेका हुन्।
उनले भने, 'आज देशमा जसले सत्य बोल्यो, उही गद्दार र देशद्रोहीमा गनिन थालेको छ, जसले सरकारमाथि सवाल उठाउँछ : उसमाथि देशद्रोहको आरोप लगाइन्छ। संसद सदस्य सञ्जय सिंह र सरकारले नै पद्यमश्री पुरस्कार दिएको चर्चित पत्रकार राजदीप सारदेसाईमाथि देशद्रोहको आरोप लगाइएको छ। संयुक्त राष्ट्रसंघमा भारतका लागि काम गरेका शशी थरुरदेखि सिंघु बोर्डरमा रिपोर्टिङ गरिरहेका पत्रकारहरुमाथि पनि यस्तै आरोप लगाउन थालिएको छ।'
उनले भारतीय कानूनमा अब देशद्रोहको धारा मात्रै बाँकी रहेको भन्दै मोदी सरकारमाथि आलोचना साँधेका हुन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।