अदालतले सदर गरे जनताले संसद पुन:स्थापना गर्छन् : उपेन्द्र यादव

|

धनकुटा : जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओलीले निर्वाचन गर्न नभई तानाशाह बन्न संसद् विघटन गरेको आरोप लगाएका छन्।

शनिबार जनता समाजवादी पार्टी धनकुटाले आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै भट्टराईले प्रधानमन्त्रीले एकपछि अर्को गैर-संवैधानिक कदम चाल्दै गरेको बताएका हुन्।

पूर्व प्रधानमन्त्री समेत रहेका डा. भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले राजावादीको साथ पाएर संसद विघटन गरेको आरोप लगाएका छन। उनले अहिलेको अवस्थामा निर्वाचन हुन नसक्ने बताउँदै निर्वाचन भएमा २०४७ सालको संविधानअनुसार हुने भएकाले सबैले खबरदारी गर्नुपर्ने बताए।

प्रधानमन्त्री ओलीको साथमा राजावादी मात्र रहेको कारण हिन्दु राज्य र राजतन्त्र स्थापनाको बाटो रोज्न सक्ने आशंका बढेको डा. भट्टराईले बताए। उनले प्रधानमन्त्री ओली २०१७ सालमा झै राजा महेन्द्र पथमा लागेका बताउँदै बहुला राजा भनिने रणबहादुर शाह र जंगबहादुर राणाले अपनाएको शैली अपनाएको कारण आन्दोलन जरुरी रहेको भट्टराईको दाबी छ।

नेपालमा पटक-पटक लेखिएका संविधानमा प्रधानमन्त्रीले बेलाबेला संसद विघटन गरेर राजनितिक अस्थिरता ल्याएको भन्दै यो संविधानमा संसद विघटन गर्न धारा ७६ मा चार खुड्किला पार गर्नुपर्ने प्रवधान रहेको भट्टराईको भनाइ छ। संसद विगठनको संविधानका उपधारामा उल्लेखित प्रावधान मध्ये पहिलो खुड्किलोसमेत ओलीले नअपनाएका कारण संसद् पुन:स्थापना हुने उनको तर्क छ।

सबै मिलेर आन्दोलन गरे एक हप्तामै सरकार ढल्छ

केपी ओलीलाई तानाशाह बन्न नदिन एक हप्ता सबै दलले सडक आन्दोलन गरेर ओली सरकार ढाल्न तयार हुन भट्टराईले आह्‍वानसमेत गरे। उनले प्रधानमन्त्रीको साथमा पूर्व-राजावादी मात्र रहेको कारण हिन्दु राज्य र राजतन्त्र स्थापनाको बाटो रोज्न सक्ने आशंका बढेको बताए।

अदालतले सदर गरे जनताले संसद पुन:स्थापना गर्छन् : उपेन्द्र यादव

विरोधसभामा जनता समाजवादी पार्टीका केन्द्रीय कार्यकारी अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी ओलीले दोस्रो जंगबहादुर बन्ने सपना देखेको बताएका छन्। उनले प्रधानमन्त्री संविधान, संघीयता समाप्त पार्ने खेलमा लागेर संसद विघटन गरेको बताउँदै अहिलेसम्मका परिवर्तन सिध्याउन लागेको आरोप लगाए।

पूर्व-उपप्रधानमन्त्रीसमेत रहेका यादवले केपी ओलीको असंवैधानिक कदम अदालतले सदर गरे जनताको अदालतले संसद पुन:स्थापना गर्ने बताए। अहिले प्रधानमन्त्रीको साथमा निरंकुशवादी शक्ति साथमा रहेको बताउँदै संघीय गणतन्त्र समाप्त पार्न पटकपटक प्रयास गरेको आरोप लगाए। उनले संविधानलाई पुनर्लेखन गरेर पहिचान सहितको बनाउनुपर्ने बताउँदै जनताबाट निर्वाचित कार्यकारणी राष्ट्रप्रमुखको व्यवस्था गर्नुपर्ने बताए।  

कार्यक्रममा जनता समाजवादी पार्टीका केन्द्रिय कार्यकारी सदस्य तथा पूर्व-मन्त्री रकम चेम्जोङ, केन्द्रिय कार्यकारी सदस्य पर्शुराम बस्नेत, प्रदेश सांसद आरसी तुम्बा लगायतले सम्बोधन गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.