|

सिमरा : पर्सा राष्ट्रिय निकुञ्जले सडक दुर्घटनाबाट वन्यजन्तु बचाउन ‘गति सीमित’ लेखिएको प्लेकार्डसहित निकुञ्जसँग जोडिएको सडक खण्डमा सेना परिचालन गरेको छ।

३ साताअघि पथलैयामा सडकखण्डमा भएको सवारी दुर्घटनामा एक पयस्क पाटे पोथी बाघको मृत्यु भएपछि निकुञ्जलेपथलैया-अम्लेखगञ्ज र पथलैया-निजगढ (तामागढी) सडक खण्डमा सेना परिचालन गरेको हो।

निकुञ्ज संरक्षणका लागि बसेको नेपाली सेनाको सिद्धबक्स गढसँगको समन्वयमा निकुञ्ज प्रशासनले सेनाको २ वटा समूह बनाएर बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सेनालाई सडकमा खटाएको हो। 

पर्सा राष्ट्रिय निकुञ्जमा सहायक प्रमुख संरक्षण अधिकृत तथा सूचना अधिकारी रमेश कुमार यादवले निकुञ्जसँग जोडिएको हाइवे खण्डमा सेनाको २ वटा समूह परिचालन गरिएको बताए। ‘३ साताअघि सडक दुर्घटनामा बयस्क पाटे बाघको मृत्यु भएको भोलिपल्ट देखि हामीले यो कार्यक्रम सञ्चालन गरेका हौं, अब अर्को व्यवस्था नभएसम्म निकुञ्ज क्षेत्रभित्र पर्ने सडखण्डमा सेनाको २ वटा समूह खट्छ,’ यादवले भने। 

वीरगञ्‍ज भन्सार र औधोगिक करिडोरबाट छुटेका मालवाहक तथा यात्रुवाहक सवारी साधन अत्याधिक गतिमा गुड्दा वर्षेनी दर्जनौं वन्यजन्तुले पथलैया-अम्लेखगञ्ज सडकखण्डमा अकालमा ज्यान गुमाएका छन्।

पर्सा राष्ट्रिय निकुञ्जको तथ्याकं अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्म २ वटा दुर्लभसहित ७ वटा जनावरको सडकमै ज्यान गएको छ। यो तथ्यांक विगतका वर्षहरूमा झनै डरलाग्दो देखिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.