|

सुर्खेत : कर्णालीमा कोरोना संक्रमणका कारण थप एकजनाको मृत्यु भएको छ। यससँगै मृत्यु हुनेको संख्या ३१ पुगेको छ।

आइतबार सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा उपचाररत वीरेन्द्रनगर नगरपालिका–६ की ६१ वर्षीया महिलाको मृत्यु भएको हो। उनको आइतबार बिहान साढे ४ बजे मृत्यु भएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए।

ती महिलालाई माघ १५ गते कोरोना संक्रमण पुष्टि भएपछि  १८ गते प्रदेश अस्पतालको कोभिड उपचार कक्षमा भर्ना गरिएको थियो। मृतक उच्च रक्तचाप, मधुमेह तथा मुटुसम्बन्धी रोगबाट पनि ग्रसित रहेकी रहेको कँडेलले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.