|

पर्वत : सवारी चालक अनुमति पत्र निकालिदिने भनी विभिन्न व्यक्तिहरूसँग पैसा उठाएको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा स्याङ्जाको वालिङ नगरपालिका—१ स्थायी घर भई कास्कीको पोखरा महानगरपालिका— १४ चाउथेमा मेट्रो ड्राइभिङ स्कुल एन्ड प्रिटेस्ट सेन्टर प्राइभेट लिमिटेड सञ्चालन गर्दै आएका ४९ वर्षीय खगेन्द्र प्रसाद काफ्ले छन्।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुवास हमालका अनुसार आरोपितले विभिन्न व्यक्तिहरूलाई आफ्नो चिनजान यातायात कार्यालयको कर्मचारीहरूसँग रहेकोले लिखित परीक्षा तथा ट्रायलमा फेल भएमा पनि सजिलै लाइसेन्स निकालिदिने भनी पैसा उठाएका पाइएको हो।

उनलाई जिल्ला प्रहरी कार्यालय कास्की तथा वडा प्रहरी कार्यालय राम बजारबाट खटिएको प्रहरी टोलीले गत माघ २२ गते पक्राउ गरेको हो। काफ्लेको साथबाट रकम उठाएका विभिन्न कागजपत्र, तीन थान सवारी चालक अनुमति पत्र, विभिन्न नमुना प्रश्न पत्र, दुई थान मोबाइल फोनसहित ८९ हजार ६ सय २० रुपैयाँ नगद फेला परेको छ।

प्रहरीका अनुसार आरोपितलाई जिल्ला अदालत कास्कीबाट १० दिनको म्याद थप गरेर ठगीसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.