|

कैलाली : युवती मृत्युको अनुसन्धानमा रहेको प्रहरीले ​गौरीगंगा नगरपालिका–३ का वडा सदस्य निरज चौधरीलाई नियन्त्रणमा लिएको छ।

चाैधरीसहित उनकी पत्नी र निरजका बुवालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक (एसपी) अनुपम शमशेर जबराले थाहाखबरलाई जानकारी दिए।

२२ वर्षीया चौधरीकी प्रेमिका अञ्जिता चौधरी झुण्डिएको अवस्थामा आज बिहान उनको घरमा मृत अवस्थामा फेला परेकी थिइन्। उक्त घटना अनुसन्धानका लागि उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

अञ्जिताले आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको जनाएको छ। पोष्टमार्टम रिपोर्टपछि मात्रै यसको पुष्टि हुने प्रहरीले जनाएको छ। लामो समयदेखि प्रेम सम्बन्धमा रहे पनि वडा सदस्य चौधरीले हिजो अर्की युवतीसँग बिहे गरेपछि विवाद भएको र, अञ्जिताको परिवारले उनलाई वडा सदस्यको घरमा लगेर छाडेको एसपी जबराले बताए।

उनका अनुसार शनिबार राति चौधरीसहित उनकी पत्नी र प्रेमिकासँगै बसेका थिए। तर बिहान उनीहअरु २ जना नै बाहिरिएको र भित्रबाट चुक्कुल लगाइएको र अञ्जिता झुण्डिएको अवस्थामा फेला परेकी थिइन्।

शनिकार विवाह गरेका वडा सदस्यले अञ्जिताको परिवारसँग गरेको सहमति उनलाई पनि पत्नी बनाएर राख्ने स्वीकार गरेको जनाइएको छ। घटनास्थलमा प्रहरीले सुसाइड नोट वा अन्य केही पनि सुराक नभेटिएको प्रहरीले जनाएको छ। प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.