|

पर्सा : एक लाख ९३ हजार नक्कली नेपाली नोट र लागुऔषधसहित प्रहरीले एक भारतीयलाई पर्सामा पक्राउ गरेको छ।

पर्साको वीरगन्ज वडा नम्बर १३ राधेमाईस्थित सडक खण्डबाट प्रहरीले २२ वर्षीय भारतीय युवकलाई पक्राउ गरेको हो। 

पक्राउ परेका युवक भारत विहार जिल्ला मोतिहारी रक्सौल बस्ने अमनदीप कुमार सिंह रहेको पर्साका प्रहरी नायव उपरीक्षक मनोजित कुँवरले बताए।

विशेष सूचना प्राप्त भएपछि चेकजाँच गर्दा नेपाली हजार रुपैयाँ दरका १९३ थान नक्कली नोट र ३ ग्राम खैरो हेरोइन फेला परेको उनले जानकारी दिए। 

अभियुक्तमाथि थप अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.