|

काठमाडौं : स्पेनिस ला लिगा फुटबलमा उपाधि दाबेदार बार्सिलोनाले  रियल बेटिसलाई ३–२ गोल अन्तरले पराजित गरेको छ।​

बेटिसको मैदानमा एक गोलले पछि परेपनि पुनरागमन गर्दै बार्सिलोनाले जित निकालेको हो। खेलको ३८ औं मिनेटमा बोर्जाले गोल गर्दै बेटिसलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा अग्रता लिएको बेटिसले दोस्रो हाफमा अग्रता जोगाउन सकेन।  खेलको ५९ औं मिनेटमा लियोनल मेस्सीले गोल गर्दै बार्सिलोनालाई १–१ गोलको बराबरीमा फर्काए । खेलको ५७ औं मिनेटमा मैदान प्रवेश गरेका मेस्सीले दुई मिनेट पछि नै गोल गरेका हुन्।

यस्तै खेलको ६८ औं मिनेटमा भिक्टर रुइजले आत्मघाती गोल गर्दा बार्सिलोना २–१ ले अघि रह्यो । खेलको ७५ औं मिनेटमा भिक्टरले गोल गर्दै बेटिसलाई २–२ गोलको बराबरीमा ल्याए। त्यसपछि खेलको ८७ औं मिनेटमा त्रिनकाओले गोल गर्दै बार्सिलोनालाई ३–२ को जित दिलाए। जितसँगै बार्सिलोना लिगको दोस्रो स्थानमा उक्लिएको छ। बार्सिलोनाले २१ खेलमा ४३ अंक जोडेको छ। ​

बेटिस ३० अंक जोडेर सातौं स्थानमा रहेको छ। गएराति नै भएका अन्य खेलमा रियल सोसिडाडले कार्डीजर्लाै ४–१ ले हराउँदा एथ्लेटिको बिल्बाओ र भ्यालेन्सियाले एक एकको बराबरी खेले। यस्तै ओसाउनाले इबरलाई २–१ ले हरायो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.