|

काठमाडौं : कोरोनाविरुद्धको खोप आजदेखि अग्रपंक्तिमा खट्ने पत्रकारहरुलाई प्रदान गरिएको छ। बिहान १० बजेदेखि नयाँ बानेश्वरस्थित निजामती कर्मचारी अस्पतालमा पत्रकारहरुलाई खोप दिन सुरु गरिएको हो।

भारत सरकारले अनुदानमा दिएको कोभिशिल्ड खोप पहिलो चरणमा स्वास्थ्यकर्मी, सरसफाईकर्मी तथा एम्बुलेन्स चालकलाई उपलब्ध गराएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजदेखि पत्रकारलाई उपलब्ध गराएका हो।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले आजदेखि पाँच दिनसम्म पत्रकारलाई यो खोप दिइने जानकारी दिए। खोप लगाउन पत्रकारले आफ्नो परिचयपत्र खुल्ने गरी सूचना विभागको प्रेस पास लिएर जानुपर्ने हुन्छ।

यस्तै, पत्रकार महासंघको सदस्य वा महासंघले सिफारिस गरेका पत्रकारले पनि खोप लगाउन पाउनेछन्। खोप बिहान १० बजेदेखि ४ बजेसम्म लगाउने कार्यक्रम छ। देशभर करिब १३ हजार पत्रकार छन्।

केही तस्वीर झलक :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.