|

भारतमा गत २४ घण्टा अर्थात् आइतबार कोरोना संक्रमणबाट ८४ जनाको मृत्यु भएको छ। जससँगै कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या एक लाख ५५ हजार ८० जना पुगेको छ।

भारतमा शनिबार कोरोना संक्रमणको कारण ७८ जनाको मृत्यु भएको थियो। आइतबार कोरोना संक्रमणको कारण  ८४ जनाको मृत्यु भएको छ। भारतमा धेरै समयपछि गत दुई दिनयता कोरोना भाइरस संक्रमणको कारण एक दिनमा १०० भन्दा कम मानिसको मृत्यु भएको छ। 

गत जनवरी १६ देखि कोभिड–१९ विरुद्धको खोप कार्यक्रम सुरु भएको छ । सो दिनदेखि हालसम्म करिब ५८ लाखभन्दा बढी व्यक्तिले खोप लगाइसेकेका छन्। कोरोना भाइरसविरुद्ध खोप लगाउनेमा प्रायः स्वास्थ्यकर्मी रहेका समाचारमा जनाइएको छ।

यहाँ कोरोना भाइरस संक्रमितको संख्या आइतबारसम्म एक करोड आठ लाख ३८ हजारभन्दा बढी पुगेको छ। विगत २४ घण्टाको अवधिमा भारतमा ११ हजार ८३१ नयाँ संक्रमित फेला परेपछि कोरोना संक्रमितको संख्या एक करोड आठ लाख ३८ हजार १९४ पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जनाएको छ। 

मन्त्रालयको पछिल्लो विवरणमा भारतमा एक करोड पाँच लाख ३४ हजारभन्दा बढी व्यक्ति संक्रमणमुक्त भएको देखिएको छ  हाल भारतमा एक लाख ४८ हजार ६०९ जना सक्रिय संक्रमित रहेका छन्। 

भारतको राष्ट्रिय राजधानी दिल्लीमा आइतबार ११९ जना थप व्यक्तिमा कोरोना भाइरसका संक्रमण देखिएको र दुईजनाको मृत्यु भएको छ । भारतमा कोभिड–१९ शुरु भएयता भाइरस संक्रमणको कारण दिल्लीमा १० हजार ८७९ को मृत्यु भइसकेको छ। 

यसैबीच, सरकारले देशका विभिन्न भागमा कोभिड–१९ परीक्षणलाई तीव्रता दिने बताएको छ। भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले आइतबारसम्म देशभरि २० करोड १९ लाख ६१४ हजारको हाराहारीमा नमूना परीक्षण गरेको छ। आइतबार एकै दिनमा मात्र पाँच लाख ३२ हजार २३  व्यक्तिलाई कोभिड–१९ परीक्षण गरेका आइतबार जनाइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.