|

विराटनगर : १० लाख मूल्यभन्दा बढी रकमको प्रतिबन्धित औषधिसहित २ जना औषधि व्यवसायीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा विराटनगर-५  स्थायी घर भई विराटनगर-१० मा डेरा गरी बस्दै आएका विकास मण्डल र बिक्रम मण्डल रहेको प्रहरीले जनाएको छ।

उनीहरूले नेपालमा प्रतिबन्धित  औषधि भारतबाट चोरी पैठारी गरेर बिक्री गर्ने गरेको विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले नियन्त्रणमा लिइएको मोरङ प्रहरीका प्रवक्ता, प्रहरी नायव उपरीक्षक लोक दर्शन थापाले जानकारी दिए।

प्रहरीको अनुसार विकास र बिक्रम दाजुभाई रहेको खुल्न आएको छ।  प्रवक्ता थापाका अनुसार उनीहरुको कोठाबाट प्रतिबन्धित १० लाखभन्दा बढी मूल्य पर्ने औषधि साथै औषधिमा  टाँस्न प्रयोग गरिने स्टिकर प्रिन्ट गर्ने मेशिनसमेत बरामद गरिएको छ।

७९ प्रकारका औषधि उनीहरूको कोठाबाट बरामद गरेर आवश्यक कारबाहीका लागि औषधी व्यवस्था विभागमा बुझाएको प्रवक्ता थापाले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.