|

हेटौंडा : मकवानपुरगढी गाउँपालिकाका कृषकहरूलाई व्यवस्थित तवरले कृषि उत्पादनमा लाग्न सहजीकरण गर्न नेपाल बंगलादेश बैंकले किसान कृषि लोन कार्ड योजना ल्याएको छ।

नेपाल बङ्गलादेश बैंक, आरएण्डडी इनोभेटिभ सोलुसन प्रालि, मकवानपुरगढी गाउँपालिका र मकवानपुरगढी गाउँपालिका सहकारी समन्वय समितिबीच सहकार्यमा किसान कृषि लोन कार्ड योजना ल्याइएको बैंकले जानकारी दिएको छ। 

कृषि लोन कार्ड प्राप्त गरेका किसानलाई पशुपन्छी तथा तरकारी–फलफूल उत्पादन मुलक कृषि व्यवसाय/उद्यम गर्न आवश्यक वित्तीय, प्रावधिक, बजार व्यवस्थापन तथा विभिन्न भूमिका समन्वय गरी कृषिमा लाग्न थप सहज हुने बैंकले दावी गरेको छ।

बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भूषण श्रेष्ठ र सहायक महाप्रबन्धक सलोनिका सिंह, आरएण्डडी इनोभेटिभ सोलुसन प्रालिको तर्फबाट सुनिता न्हेम्हाफुकी, मकवानपुरगढी गाउँपालिकाका तर्फबाट गाउँपालिका अध्यक्ष विदुर हुृमागाईं  र मकवानपुरगढी गाउँपालिका सहकारी समन्वय समितिका सह-संयोजक कल्पना श्रेष्ठले चौपक्षीय सम्झौता गरेका हुन्‌।​

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.