|

काठमाडौं :  भारतको उत्तराखण्डमा हिमताल फुटेर आएको बाढीमा परेर मृत्यु हुनेको संख्या २६ पुगेको छ। 

उत्तराखण्डको आपतकालीन परिचालन केन्द्रकाअनुसार १ सय ७१ जना बेपत्ता छन् । चमोली जिल्लाको हिमाली क्षेत्रमा आइतबार हिमताल विस्फोट हुँदा धौलीगंगा र अलकनन्दा नदीमा बाढी आएको थियो। 

उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावतले उद्धार कार्य रातभर जारी रहेको बताएका छन्। तपोवन जलविद्युत परियजनाको सुरुङमा बेपत्ता भएकाको खोजी जारी रहेको र उद्धारकर्मी लेदो पन्छाएर १ सय ३० मिटरभित्र पुगिसकेको उनले बताए। हिमपताल विस्फोट भएर आएको बाढीपछि ऋषिगंगा प्रोजेक्टका नामले चिनिने तपोवन जलविद्युत परियोजना पूर्णरुपमा नष्ट भएको छ। 

उत्तराखण्ड सरकारले यस घटनामा उद्धार र राहतका लागि २० करोड भारतीय रुपैयाँ सहयोगको घोषणा गरेको छ। बाढीका कारण सडक सम्पर्क टुटेका ठाउँमा हेलिकोप्टरबाट राहत सामग्री पु¥याइएको छ। घटनामा ज्यान गुमाउनेका परिवारलाई केन्द्र सरकारले २ लाख र प्रदेश सरकारले ४ लाख भारतीय रुपैयाँ सहयोगको घोषणा गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.