|

काठमाडौं : कुवेतमा सात जना नेपाली महिला पक्राउ परेका छन।

कुवेत प्रहरीले घरेलु कामदारलाई भगाई अर्को साहूलाई बेचेको अभियोगमा सातजना नेपाली महिलालाई पक्राउ गरेको हो।  घरेलु कामदार आपूर्ति गर्ने म्यानपावर कम्पनीको इजाजत नलिई काम गरिरहेका महिलालाई आर्थिक प्रलोभनमा पारी अवैध तरिकाले बेचबिखन गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरिएको अरब टाइम्सले जनाएको छ। 

पछिल्लो समय भारतीय बाटोबाट समेत नेपाली महिलालाई कुवेत लैजान कठिन भएपछि दलालहरूले घरमै काम गरिरहेका नेपालीलाई भगाउने र अर्को साहुलाई बिक्री गर्ने गरेका छन्।

कोरोना संक्रमण फैलिएपछि घरेलु कामदार ल्याउन कुवेतले रोकेको थियो। गत बिहीबारदेखि मात्रै कुवेतले नेपालसहित ५ देशका नागरिकलाई घरेलु कामदारमा आउन खुला गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.