|

काठमाडौं : अमेरिकी सिनेटमा पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पविरुद्धको महाभियोग प्रस्तावमाथिको सुनुवाइले आजदेखि फेरि निरन्तरता पाउने भएको छ। 

सुनुवाइ गर्ने कि नगर्ने भन्ने विवादमा गरिएको मतदानबाट पक्षमा बहुमत प्राप्त भएपछि सनुवाईले निरन्तरता पाउने भएको हो। सिनेटमा भएको मतदानमा पक्षमा ५६ मत खसेको थियो भने विपक्षमा ४४ जनाले मत दिएका थिए । सुनुवाइ जारी राख्नुपर्ने पक्षमा ६ जना रिपब्लिकनले पनि मतदान गरेका थिए।

गत महिना हाउस अफ रेप्रेजेन्टेटिभ्सले दोस्रो पटक ट्रम्पमाथि महाभियोग लगाएको थियो। ट्रम्पविरुद्ध हिंसात्मक झडपका लागि समर्थकहरूलाई उक्साएको आरोप छ। ट्रम्पले महाभियोगसम्बन्धी सुनुवाइमा बयान दिन नजाने बताउँदै आउनु भएको छ । उनका समर्थकहरूले क्यापिटल भवनमाथि आक्रमण गर्दा एक प्रहरी अधिकारीसहित पाँच जनाको मृत्यु भएको थियो भने संसद् भवनभित्र रहेका सांसदहरू लुक्नुपरेको थियो।

ट्रम्पका वकिलहरूले संसद् भवनमाथि आक्रमणका लागि उनले नउक्साएको दाबी गरेका छन् । एक वकिल डेविड सोनले आरोपको खण्डन गर्दै महाभियोग प्रक्रियालाई ‘राजनीतिक अस्त्र’ बनाइएको दाबी गरेका छन्।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.