|

काठमाडौं :  म्यानमारमा सेनाले सत्ता कब्जा गरेपछि गए राति आङसाङ सुकीको पार्टी कार्यालयमा छापा मारेको छ। 

नेपाली पत्रकार दिपक भट्टराईका अनुसार गएराति सुकीको याङ्गोस्थित पार्टी कार्यालयमा छापा मारेको थियो। 'म्यानमार सरकारले पाँच जना भन्दा धेरै भेला नुहुन पटक पटक दिएको चेतावनी र निषेधाज्ञालाई बर्मेलीले दिनदिनै सडकमा आएर चुनौति दिएका छन्,' उनले भने,' अहिलेसम्म कोही पनि हाताहात भएको खवर छैन। हिजो गोली लागेर दुई जना गम्भीर घाइते भएका छन्।'

गत साता सैन्य कू भएपछि त्यसको विरोधमा दशौँ हजार मानिसहरूले विरोध गरिरहेका छन्। बुधवार बिहान पुनः विरोध प्रदर्शन सुरु भएको छ। राजधानीमा आयोजित प्रदर्शनमा सरकारी कर्मचारीहरू पनि सहभागी भएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.