|

कञ्चनपुर : बैतडीको दोगडाकेदार गाउँपालिका—७ चडेपानीकी बलात्कारपछि हत्या गरिएकी १७ वर्षीया किशोरी भागरथी भट्टको न्यायको माग गर्दै  बुधबार कञ्चनपुरमा विद्यार्थीहरूले प्रदर्शन गरेका छन्।

बैतडीमा गत बिहीबार मृत अवस्थामा फेला परेकी किशोरीको हत्याका दोषीलाई कारबाही माग गर्दै महेन्द्रनगर बजारमा विद्यार्थीले प्रदर्शन गरेका हुन्।

विद्यार्थीहरूले ‘उइ वान्ट जस्टिस’ 'भागरथीलाई न्याय दे' 'हत्यारालाई फाँसी दे' जस्ता नारा लगाउँदै बजार क्षेत्र परिक्रमा गरेका थिए। भागरथी हत्या भएको सात दिन बिते पनि हत्यारा पक्राउ नपरेकाले त्यसविरुद्ध आन्दोलनमा उत्रिनुपरेको विद्यार्थीहरूले बताएका छन्। 

भागरथी भट्टको शव अझै बैतडीस्थित अस्पतालमै राखिएको छ। उनका आफन्तले हत्यारा पक्राउ नपरेसम्म शव नबुझ्ने अडान लिएका छन्।

सोमबार पोष्टमार्टम रिपोर्ट आएपछि प्रहरीले भट्टको शव बुझ्न परिवारजनसँग आग्रह गरेको थियो। घटनाको सात दिन बित्दा पनि हत्यारा पक्राउ नपरेको भन्दै मृतकका आफन्तजनले शव बुझ्न अस्वीकार गरेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.