|

सैनिक कू मा संलग्न बर्मेली सैन्य अधिकारीहरूमाथि अमेरिकाले प्रतिबन्ध घोषणा गरेको छ। 

अमेरिकी राष्ट्रपति जो बाइडनले बर्मामा सैन्य तख्तापलटमा सामेल सैन्य नेतृत्वविरुद्ध कारबाही छेडेका हुन्।

 

बाइडनले भनेका छन्, 'बर्मामा सैन्य तख्तापलट गर्ने सैन्य नेतृत्वविरुद्ध तुरुन्त प्रतिबन्ध लगाउन मैले एक कार्यकारी आदेशमा हस्ताक्षर गरेको छु, अब त्यहाँको सैन्य नेतृत्वसँग निकट र निजका परिवारजन पनि अमेरिकी प्रतिबन्धको दायरामा आउनेछन्।'

प्रतिबन्ध कार्यान्वयन गर्नुअघि अमेरिकाले व्यक्ति नै किटान गर्ने बाइडनले बताएका छन्। 

बर्माको सेनाको सेनाले गत साता सैनिक कू गर्दै त्यहाँको सत्ता आफ्नो नियन्त्रणमा लिएको छ। नेतृ आङ सान सुकीसहितका नेताहरू नजरबन्दमा परेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.