|

काठमाडौं : प्रहरीले नेकपा नेतृ रामकुमारी झाँक्रीलाई घरबाटै पक्राउ गरेको छ। झाँक्रीलाई पक्राउ गर्नुअघि उनको निवासअगाडि नेकपाका कार्यकर्ताहरूले सरकार र प्रहरीविरुद्ध नाराबाजी गरेका थिए।

बिहीबार शंखमुलस्थित निवासमै पुगेर प्रहरीले उनलाई पक्राउ गरेको हो। नेतृ झाँक्रीलाई प्रहरीले थमाएको पक्राउ पूर्जीमा राज्‍य विरुद्धको कसूर गरेको उल्लेख छ।

राज्यविरुद्धको कसुर, दफा ५८ अनुसार प्रहरीले झाँक्रीलाई पक्राउ पूर्जी दिएको हो। पूर्जी पाएपछि झाँक्रीले गिरफ्तारी दिएकी हुन्‌।

यो दफामा 'बल प्रयोग गरी वा नगरी राष्ट्रपति वा संसद्‌लाई कुनै किसिमको धम्की दिने वा डरत्रास देखाउने वा दबाब दिने कसूर' उल्लेख छ। यस्तो कसूर गर्नेलाई ७ वर्षसम्म कैद वा ७० हजार रुपैयाँसम्म जरिवाना या दुवै सजाय हुने व्यवस्था छ।

नेपाल कम्युनिस्ट पार्टी नेकपाको केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले नेपालको कानुनको पालना गर्ने भएकाले पक्राउ पुर्जी बुझेको बताएकी छन्। गोरखाको भेलालाई सम्बोधन गर्दै राष्टपति विद्यादेवी भण्डारीविरुद्ध  अभिव्यक्ति दिएपछि उनलाई पक्राउ पुर्जी जारी भएको हो।

पक्राउ हुन अघिका केही दृश्‍य झलक :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.