|

बर्दिया : बलत्कारीलाई फाँसी माग गर्दै बर्दियाका युवारले बिहीबार बर्दियाको भुरिगाउँमा प्रदर्शन गरेका छन्। पछिल्लो समय देशमा बढ्दै गएको हत्या, हिंसा र बलात्कारविरुद्ध विकासप्रेमी यवा समूहले सरकारलाई दबाब दिन र्‍याली निकालेको हो। 

ठाकुरबाबा नगरपालिकाभित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालयसँग समन्वय गरी बलात्कारीलाई कडा कारबाहीको माग गर्दै विरोध प्रदर्शन गरिएको विकास प्रेमी युवा समुहका जिल्ला अध्यक्ष गोपाल निरौलाले बताए। 

'न्याय खोज्न कहाँ जाउँ' 'गोर्खा जाउँ कि स्वर्ग जाउँ, जवाफ चाहियो सरकार,' 'किन बढ्यो बलात्कार', 'महिला हिंसा अन्त्य गर', बलात्कार कहिलेसम्म, हामी चुप जहिलेसम्म' बलात्कारीलाई फाँसी दे, संविधानमा टाँसिदेलगायत नारा लेखिएका प्लेकार्डसहित युवा तथा विद्यार्थीहरुले प्रदर्शन गरेका हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.