|

काठमाडौं : चीनले बीबीसी वर्ल्ड सर्भिसलाई प्रतिबन्ध लगाएको छ। बेलायतको नियमन निकायले चिनियाँ सरकारी टेलिभिजन सिजीटीएनको लाइसेन्स निलम्बित नगरेपछि चीनले पनि बीबीसीलाई प्रतिबन्ध लगाइदिएको छ।

चीनियाँ राष्ट्रिय रेडियो तथा टेलिभिजन प्रशासनले एक विज्ञप्ति जारी गर्दै बीबीसीले असत्य समाचार देखाइरहेको र स्वतन्त्रताको सीमा नाघेको उल्लेख गरेको छ।

यस अघि फेब्रुअरी ४ मा चीनको विदेश मन्त्रालयले बीबीसीको आलोचना गर्दै कोरोना महामारीको कभरेज र वीगर मुसलमानमाथि भएको शोषण बारे बीबीसीले गलत समाचार देखाएको आरोप लगाएको थियो।

यता चीनमा प्रतिबन्ध लागेपछि बीबीसीले प्रतिक्रिया दिदै विश्वभरको एक प्रमुख प्रसारक भएको र निश्पक्ष र निडरताका साथ समाचार प्रशारण गर्ने संस्था भएको जनाएको छ।

त्यस्तै बेलायतको विदेश मन्त्रालयले चीनमा इन्टरनेट र मिडियामा सबै भन्दा कडा प्रतिबन्ध रहेको भन्दै यसले चीनको अन्तर्राष्ट्रिय छबिमै असर गर्ने बताएको छ।    

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.