|

काठमाडौं : भारतको  फ्रेन्चाइज क्रिकेट इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)को अक्सनका लागि नेपालबाट सन्दीप लामिछाने मात्र छनोट भएका छन्।

आईपीएलले अक्सनका लागि छनोट गरेको अन्तिम २ सय ९२ खेलाडीको सूचीमा नेपालबाट सन्दीप मात्र अटाएका हुन्।

अक्सनका लागि नेपाल क्रिकेट संघ क्यानले पठाएको सूचीमा सन्दीपसँगै सोमपाल कामी, करण केसी, शरद भेषवाकर, दीपेन्द्र सिंह ऐरी, विनोद भण्डारी, कुशल मल्ल र अविनाश बोहोरा गरी ८ खेलाडी थिए।

तर, अक्सनको लागि अन्तिम छनोटमा अन्य खेलाडी पर्न सकेनन्। अक्सनमा सन्दीपको न्युनतम मूल्य ४० लाख भारु रहेको छ।

लेग स्पिनर सन्दीपले यसअघि तीन सिजन आईपीएल खेलिसकेका छन्। तर, दिल्ली क्यापिटल्सले सन्दीपलाई यस सिजन रिलिज गरेको थियो।​ सन्दीपले दिल्लीबाट तीन सिजनमा कुल ९ खेलमा १३ विकेट लिएका थिए। आईपीएलको अक्सन फेब्रुअरी १८ मा चेन्नेइमा हुनेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.