|

काठमाडौं : अमेरिकी निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पमाथिको महाअभियोग प्रस्तावमा अमेरिकी माथिल्लो सदनमा आज पनि बहस हुँदैछ।

आज ट्रम्प पक्षका सांसदहरुले बहस गर्ने छन्। अमेरिकी माथिल्लो सदनमा सय जना सिनेटर छन्। ट्रम्पलाई महाअभियोग लगाउन दुई तिहाइ मत आवश्यक पर्दछ।

तर रिपब्लिकन सिनेटरहरु ट्रम्पकै पक्षमा देखिएकाले महाअभियोग पारित हुने सम्भावना भने कम छ। मंगलबार महाअभियोग प्रस्ताव छलफलका लागि स्वीकृति दिने प्रस्तावका पक्षमा भने रिपब्लिकन पार्टीका ६ जना सांसदले मत दिएका थिए।

माथिल्लो सदनमा जारी बहसमा डेमोक्र्याटहरूले जनवरी पहिलो सातामा क्यापीटल हिलमा भएको दंगा ट्रम्पकै उक्साहटमा भएको र उनलाई कारबाही गरिएन भने फेरि पनि हिंसा हुनसक्ने बताएका छन्।

महाअभियोग पारित गर्ने तर त्यो सम्भव नभए पुन निर्वाचित पदमा बस्न नमिल्नेगरी प्रतिबन्ध लगाउने तयारीमा डेमोक्र्याटहरु देखिएका छन्। आज रिपब्लिकन सिनेटरले मत राखेपछि महाअभियोगबारे मतदानको कार्यसुचि तय हुने छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.