|

पूर्वी  लद्दाखमा चीन र भारतको सम्झौताको बारेमा कांग्रेस नेता राहुल गान्धीले शुक्रबार मोदी सरकारलाई कडा आलोचना गरेका छन्।

कंग्रेस नेता गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीलाई कायरको संज्ञा दिँदै चीनको अगाडि दृढ अडान लिन नसकेको बताए। बिहीबार, रक्षामन्त्रीले राज्यसभा र लोकसभामा चीनसँगको सहमतिमा बाहिरी तनाव र विवादको बारेमा एक बयान दिएका थिए।

बिहीबार गृहमन्त्री राजनाथ सिंहले सदनमा भनेका थिए,' हाम्रो दृढ मनसाय र स्थायी वार्ताले चीनको साथ पैंगोंग झील तालको उत्तर र दक्षिण तटमा सेनालाई हटाउने निर्णय गरेको छ।'

चीनले उत्तर समुद्री तटमा आफ्नो ८ फिगर पूर्वतिर राख्नेछ। त्यस्तै, भारतले फिगर ३ को नजिक आफ्नो स्थायी पोष्ट धनसिंह थापा पोष्टमा सेनाका  इकाइहरू राख्ने गृहमन्त्री सिंहले बताए। 'दुई देशको आपसी सम्झौता अप्रिल २०२० देखि उत्तर र दक्षिण तटमा दुवै पक्षले निर्माण संरचनाहरू हटाइनेछ।'

 गृहमन्त्री सिंहको यो भनाई आएपछि नेता गान्धीले कडा आलोचना गरेका हुन्। 'भारत सरकारले गर्न सक्ने पहिलो काम भनेको अप्रिलभन्दा पहिलेको अवस्था सीमामा बहाल हुनुपर्छ। भारतीय सेनामा फिगर ४ आउँदै छ। जबकि फिगर ३ भारतको क्षेत्रमा पर्छ', गान्धीले भने, 'प्रधानमन्त्री मोदीले भारतको पवित्र भूमि चीनलाई हस्तान्तरण गरेका छन्।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.