|

काठमाडौं : वृहत नागरिक आन्दोलनले महिला हिंसा र दण्डहीनता अन्त्यको माग गर्दै शुक्रबार काठमाडौंमा प्रदर्शन गरेको छ। 

वसन्तपुरबाट सुरु भएको प्रदर्शन न्युरोड-रत्नपार्क-भद्रकालीसम्म पुगेको थियो। प्रदर्शनमा सरकारविरुद्ध एकोहोरो शंख बजाउनुका साथै सहभागीले ‘बलात्कारीलाई फाँसी दे’ ‘हत्यारालाई कारबाही गर्’ लगायतका नारा लगाएका थिए। 

बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या भएको घटनापछि महिला हिंसा र दण्डहीनता अन्त्यको माग गर्दै दिनहुँ प्रदर्शन भइरहेका छन्। 

हेर्नुहाेस् प्रदर्शनका तस्वीरहरू

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.