|

कोरोना भाइरसविरुद्धको खोप विकास गरेको भारतले विश्व समुदायलाई दुई करोड २९ लाखभन्दा बढी खोप प्रदान गरेको छ। 

भारतको विदेश मामिला मन्त्रालयले शुक्रबार दिएको जानकारी अनुसार भारतले विभिन्न देशलाई दुई करोड २९ लाख ७० हजारभन्दा बढी खोप प्रदान गरेको हो। 

 विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले भने, ‘भारतले आजको मितिसम्म दुई करोड २९ लाख ७० हजारभन्दा बढी खोप विश्व समुदायलाई प्रदान गरेको छ।’ उनका अनुसार विश्व समुदायलाई दिइएको कुल खोपमध्ये झण्डै ६४ लाख ७० हजार खोप निःशुल्क वितरण गरिएको हो भने एक करोड ६५ लाख खोप आर्थिक कारोवारसहित प्रदान गरिएको हो।

माग गर्ने अन्य देशहरुलाई पनि आगामी दिनमा समेत खोप उपलब्ध गराउने भारतले योजना बनाएको प्रवक्ता श्रीवास्तवले जानकारी दिए। भारतले अफ्रिका, ल्याटिन अमेरिका र प्रशान्त द्विपलगायतका क्षेत्रका देशहरुलाई खोप प्रदान गर्न चाहेको उनको भनाइ छ।

भारतमा कोरोनाविरुद्धमा कोभिशिल्ड नाम खोप विकास गरी लगाउन थालिएको हो। यो खोप विश्वमा धेरै प्रयोग भएका खोपहरुमध्येमा पर्दछ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.