|

भारतका सेनाप्रमुख जनरल मनोज मुकुन्द नरवणेले चीनसँग तनाव बढिरहँदा दक्षिण एसियाका तीन मुलुक नेपाल, भुटान र बंगलादेश भारतको पक्षमा रहेको दावी गरेका छन्। 

बेलाबखत अस्वाभाविक अभिव्यक्ति दिई विवादित हुँदै आएका नरवणेले पछिल्लो पटक चीनसँगको सम्बन्धमा ४ देशबीच तथाकथित समीकरण रहेको बताएका हुन्। 

असम राइफल्स र यूनाइटेड सर्भिसेज इन्स्टिच्युटको वार्षिक सेमिनार कार्यक्रममा बोलेका नरवणेले चीनकै कारण सीमामा झडप भएको पनि जिकिर गरे। चीनका कारण भारतको भरोसा टुटेको उनले बताए।

परम्परा अनुसार नै नेपाल अहिले पनि भारतको सहयोगी रहेको, भुटानले चीनसँगको सम्बन्धमा सावधानीपूर्वक कदम उठाएको र बंगलादेशको साथ भारतको बलियो सम्बन्ध रहेको नरवणेले उल्लेख गरेको बीबीसी हिन्दीले लेखेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.