बाबुरामसँग २५ बर्ष लामो सहयात्रा

|

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले संविधान पूर्ण छ भनेर आफूले नभनेको बताएका छन्। 

जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलिखित 'गुमनाम आमाहरूको कथा' नामक पुस्तक लोकार्पण समारोहलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘संविधान पूर्ण छ भनेर दाबी गरेको छैनौँ, सबैलाई समेटेर लान तयार छौँ।’ 

उनले बाबुरामसँग २५ वर्ष लामो सहयात्रा रहेको बताए। ‘केही साथीहरूले अझै जनयुद्ध जारी छ भन्नुभयो, अहिले लामो समयपछि प्राप्त उपलब्धिमाथि हमला भएको छ,’ उनले भने, ‘अब सबै एक भएर लाग्नुपर्छ, मोर्चा तयार भएको छ।’ 

संविधानमा समावेशी लोकतन्त्रको राम्रो व्यवस्था गरेको बताउँदै प्रचण्डले भने, ‘संघीयता, लोकतन्त्र र धर्म निरपेक्षतालाई पनि उल्लेख गरिएको छ, संविधानलाई परिमार्जन गर्न आवश्यक भएर पहिला दुई पटक परिमार्जन गरेको हुँ, संविधान निरन्तर गतिशिल र परिमार्जन गर्न सकिने दस्तावेज हो।’

संविधानले जनताको सार्वभौम अधिकार प्राप्त गरेको भएकाले त्यसको संरक्षण गर्नु सबैको अभिभारा भएको बताए। ‘अहिले यही संविधानको मुल मर्ममाथि प्रहार भएको छ, सबै मिलेर रक्षा गर्दै परिमार्जनसाथ अघि बढ्ने संकल्प गर्नुपर्छ,’ दाहालले भने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.