|

इलाम : पार्वती घलेको २ गोलको मद्धतमा राष्ट्रिय महिला लिगमा विराटनगर महानगरपालिकाले चौदण्डीगढी नगरपालिकालाई २–१ गोल अन्तरले पराजित गरेको छ।

एन्फा मैदानमा शनिबार भएको दोस्रो खेलमा अग्रता जोगाउन नसक्दा चौदण्डीगढीले अंक बटुल्ने मौका गुमाएको हो। खेलको ७ औ मिनेटमा मनिता तामाङको गोलबाट चौदण्डीगढीले अग्रता बनाएको थियो।​

सुजता राईको क्रस पासमा विराटनगरकी कप्तान एवम गोलरक्षक कल्पना कार्कीलाई बिट गराउँदै मनिताले अग्रता दिलाएकी थिइन्। चौदण्डीगढीको अग्रता ८ मिनेट समेत टिकेन।

चौदण्डीगढीकी स्ट्राइकर सुजता राईले विराटनगरकी मनिषा थापा मगरलाई फाउल गरेपछि पाएको अवसरले खेल बराबरीमा ल्यायो। भारतीय मिडफिल्डर आश कुमारीको प्रहारमा पार्वतीको गरेको चिप प्रहार चौदण्डीगढीकी गोलरक्षक सुस्मिता राईले भेट्टाउन सकिनन्। 

पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको खेलको अन्तिम समयमा विराटनगरले गोल गर्दै महत्वपुर्ण ३ अंक बटुल्यो। खेलको ८६औं मिनेटमा विराटनगरकी डिफेन्डर पूर्णिमा कुमारीले सेन्टरबाट गरेको प्रहार गोलरक्षक सुस्मिताको हातबाट फुत्किएपछि पार्वतीले निर्णायक गोल गरिन्।

जीतसँगै विराटनगर १० खेलबाट १३ अंक बटुल्दै पाँचौ स्थानमा पुगेको छ। १० वटै खेलमा पराजय भोगेको चौदण्डीगढी अंकविहीन हुँदै अन्तिम स्थानमा रहेको छ। 

आज नै भएको पहिलो खेलमा विभागीय टोली शसस्त्र प्रहरीको एपीएफले लगातार नवौँ जीत निकालेको छ। अपराजित रहने क्रममा एपीएफले स्याङ्जाको वालिङ नगरपालिकालाई ६–० गोल अन्तरले पराजित गरेको हो। एपीएफको जीतमा सावित्रा भण्डारी एक्लैले ५ गोल गरिन्। प्रीति राईको नाममा एक गोल रह्यो।

जितसँगै एपीएफले ९ खेलमा २७ अंक जोडेको छ। वालिङ ९ खेलमा १४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ। समान खेलबाट गोल अन्तरको आधारमा पुलिस चौथो स्थानमा छ।

आइतबार चन्द्रपुर र त्रिभुवन आर्मीबीच खेल हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.