|

दैलेख : राष्ट्रिय दलित मुक्ति जागरण अभियान नेपालले दलित अधिकार प्राप्तिका लागि शनिबार दैलेखमा आयोजना गरेको विरोध सभामा महिलाहरू दुधेबालक बोकेर सडकमा आएका छन्। 

विश्वमा धेरैखाले परिवर्तन भए पनि नेपालमा दलितप्रति गरिने व्यवहारमा अझै परिवर्तन नआएको र अधिकारहरू सुनिश्चित गर्न साथै जातीय विभेद गर्नेलाई  कडा कारबाही माग गर्दै उनीहरू सडकमा उत्रिएका हुन्। 

दलित समुदायलाई जागरण गर्ने र अधिकार प्राप्तिका लागि सम्पूर्ण दलित एकै ठाउँमा आएको राष्ट्रिय दलित मुक्ति जागरण अभियान नेपालका  केन्द्रीय संयोजक खगेन्द्र सुनारले बताए।

उनले राज्यका हरेक निकायमा दलितको उपस्थिति सम्मानजनक हुनुपर्ने, जातीय विभेद अन्त्य हुनुपर्नेलगायत माग राख्दै प्रदर्शन गरिएको बताएका छन्। 

सभा दैलेख बजारको गणेश चोकबाट सुरु भई स्थानीय टुँडिखेलमा पुगेको थियो। 

.


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.