|

लमजुङ : जिल्ला अस्पताल लमजुङमा रहेको भेन्टिलेटरसहित सघन उपचार कक्ष (आइसियु) आवश्यक जनशक्ति नहुँदा सञ्चालनमा आएको छैन। तीन महिनाअघि भेन्टिलेटरसहितको आइसियु सञ्चालनका लागि आवश्यक उपकरण ल्याइए पनि जनशक्ती नहुँदा सञ्चालन हुन नसकेको हो।

गण्डकी प्रदेश सरकारले आइसियु कक्ष सञ्चालनका निम्ति प्रदेश सरकारले गत आर्थिक वर्षमै एक करोड ६९ लाख १९ हजार रुपैयाँ उपलब्ध गराएको थियो। तर, कोरोना महामारीले भएको लकडाउनका कारण आवश्यक उपकरण ल्याउन समस्या भएको थियो। अवस्था सहज भएसँगै आवश्यक उपकरण ल्याइए पनि दक्ष जनशक्ति अभावमा सञ्चालन गर्न नसकिएको अस्पतालका प्रशासन प्रमुख हेमन्त श्रेष्ठले जानकारी दिए। 

जनशक्तिका लागि प्रदेश सरकारसँग माग गरिए पनि उपलब्ध नभएको अस्पतालले जनाएको छ। अस्पतालमा भेन्टिलेटरसहित पाँचवटा आइसियु कक्ष सञ्चालन गर्ने तयारी गरिए पनि हाल दुईवटा भेन्टिलेटर मात्र जडान गरिएका छन्।

आइसियु सञ्चालनका लागि अस्पतालका केही स्वास्थ्यकर्मीहरुलाई तालिम दिने र केही जनशक्ति थप्ने विषयमा सरोकारवालाबीच छलफल हुँदै आएको थियो। आइसिसियु कक्ष सञ्चालनका लागि अस्पतालले हाल इमरजेन्जी सेवा प्रवाह भइरहेको नयाँ भवनको दोस्रो तला प्रयोगमा ल्याएको छ। अस्पतालमा आइसियु सेवा नहुँदा आकस्मीक र गम्भीर प्रकृतिका बिरामी उपचारमा समस्या हुँदै आएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.