‘वृद्धभत्ता हामीले सुरु गरेका हौँ, ५ हजार रुपैयाँ पनि हामी नै पुर्‍याउँछाैंं

|

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी नेकपाको अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली तानाशाह बन्नका लागि देशमा संकटकाल लगाउन खोजिरहेका आरोप लगाएका छन्। 

तेह्रथुममा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले भने, ‘ओलीले संकटकाल र सेनाको मार्च लगाउँछु भन्दै छन् अरे। तानाशाह बन्न चाहिरहेका छन्। जनताको अधिकार र कुशासन हुने दिन आयो भने हामीले चुप बस्दैनौँ।’

देशमा भाडभैलो बच्चाउने मान्छे पनि तेह्रथुम जिल्लामै जन्मेको उनले बताए। ‘अहिले सबै सरकारको विरुद्धमा उत्रिरहेका छन्। ओलीले एमाले एमाले मिल्ने भनिरहेका छन्। केपी ओली बिमाले भइसके’, उनले भने, ‘एमाले एमाले एक हुने भए प्रचण्ड र माधव पक्षमा आउनुपर्छ।’ 

ओलीले प्रचण्डको भर्‍याङ चढेर पदमा पुगेपछि लात्तीले पुक्क हानेर हिँडेको बताए। उनले वृद्धभत्ता आफूहरुले सुरु गरेको भएकाले अब ५ हजार बनाउने तयारी गरिरहेको बताए। बूढापाकालाई कम्युनिस्ट पार्टीलाई सम्मान गर्ने उनले बताए। 

ओलीले कम्युनिस्ट पार्टीमा आएर पनि पार्टी विरुद्ध लागिरहेको उनले बताए। ‘सत्यको निम्ति जन सागर लागिरहेको छन्। ओलीले असंवैधानिक रुपमा चलिरहेका छन्। संविधानको कुनै धारामा सनकको आधारमा संसद विघटन गर्न नपाउने अधिकार दिएका छैनौँ’ उनले भने, ‘देशलाई अस्थिरतामा जान नदिनका लागि दुई वर्षपछि मात्रै अविश्वासको प्रस्ताव लान पाउने व्यवस्था गरेका छौँ।’ 

ओलीले बिराएको बाटो सच्याएर संसद पुनःस्थापना हुने दाबी गरे। ‘ओली गफाडी नम्बर एक मात्रै रहेछन्। अनि मलाई काम गर्न दिएनन् भन्छन्। सबैभन्दा धेरै काम गरे भन्छन् अनी मेरो हातखुट्टा बाँधे पनि भन्छन् कुन कुरा पत्ताउने?’ उनले प्रश्न गर्दै भने। 

ओली नेपाल कम्युनिस्ट पार्टी नेकपाको हुन नसक्ने भएकाले ओली कम्पनी मात्रै भएको तर्क गरे। ओली कति निरङ्कुश रहेछन् भन्ने रामकुमारी झाँक्रीलाई सयौँको पुलिस पठाएर पक्राउ गरेपछि प्रष्ट भएको दाबी गरे। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.