वडाभरिका घरको तथ्यांक, २ सय जनासँग सोधपुछ

|

कैलाली : बलात्कारपछि हत्या गरिएकी बैतडी दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया भागरथी भट्ट हत्याको अनुसन्धान प्रहरीले तीव्र पारेको छ। 

प्रहरी अनुसन्धान भन्छ– भागरथीको शव भेटिएको स्थानमै हत्या भएको हो भन्ने धेरै आधार देखिएका छन्। घटनास्थलमा रगत बगिरहेको भेटिएको छ। भागरथीको सर्टको बटन र दुई वटा हेयर ब्यान्ड रबर पनि भेटिएका छन्। उनको च्यातिएको अवस्थाको ज्याकेट पनि भेटिएको छ। ‘यी कुराले घटनास्थलमा हत्या भएको पुष्टि हुन्छ।’ 

उता भागरथीका काका शिवराज भट्टले भने त्यो दिन चडेपानीको भूमिराज माविमा निर्माण सामग्री पुर्‍याउन चार वटा ट्र्याक्टरले दिनभरि ओहोरदोहोर गरेका बताए। ‘ट्र्याक्टरहरू चलिरहेका थिए। मानिसको ओहोरदोहोर थियो। सडकको ३० मिटरमा बलात्कार हुनै सक्दैन’, उनले भने, ‘दिनभर बलात्कार गरी राति त्यो ठाउँमा ल्याएर मारिएको हुन सक्छ।’

वडाभरिका घरको तथ्यांक, २ सय जनासँग सोधपुछ

प्रहरीले भागरथी हत्या घटनामा कसैलाई पक्राउ गरेको छैन। प्रहरीले झन्डै दुई सय जनालाई सोधपुछ गरिसकेको जनाएको छ। स्थानीयले प्रहरीले पक्राउ नै नगरेको भन्दै गुनासो गरेका छन्। तर, प्रहरीले चडेपानीसहित वडा नम्बर ७ का हरेक घरको तथ्यांक संकलन गरेको बताएको छ।

‘हामीसँग वडाभरिको हरेक घरको तथ्यांक छ’, डीआईजी उत्तमराज सुवेदीले भने, ‘त्यो दिन गाउँ छाडेर को बाहिर गयो ? यसअघिका अपराधमा को–को संलग्न थिए ? को–को फरार थिए? गाउँभरिमा त्यो दिन चलेका ट्र्याक्टर, मोटरसाइकलसहितका सबैलाई सोधपुछ र अनुसन्धानको दायरामा ल्याइसकेका छौं।’

सुवेदीले शंकास्पदलाई प्रहरीले नजरमा राखेको बताए। ‘गाउँमै भए पनि उनीहरू प्रहरी कस्टडीमा झैँ छन्’, उनले भने, ‘चौकीमा ल्याएकालाई मात्रै पक्राउ भन्न मिल्दैन। अनुसन्धानको दायरामा आएका सबै पक्राउसरह नै हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.