|

दैलेख : दैलेख कांग्रेसले सरकारविरुद्ध शक्ति प्रदर्शन गरेको छ। पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि उक्त कदमलाई असंवैधानिक भन्दै आएको कांग्रेसले सोमबार दैलेखमा शक्ति प्रदर्शन गरेको हो। 

स्थानीय गणेश चोकबाट सुरु भएको विरोध र्‍याली बजार परिक्रमा गर्दै स्थानीय टुँडिखेलमा पुगी सभामा परिणत भएको थियो। सभामा वक्ताहरूले केपी सरकारले जनमतको कदर नगरी तानाशाही प्रवृत्ति देखाएकाले सडकमा आउनुपरेको बताएका थिए। 

सभामा बोल्दै कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले संविधान र गणतान्त्रिक लोकतन्त्र रक्षा कम्युनिष्टबाट हुन नसक्ने बताए। उनले नेकपाले चुनावताका जनतालाई झुटा आश्वासन दिएर भोट लिएको र घर घरमा ग्यास, पानीजहाजका सपना बाँडेर कम्युनिष्टले जनतालाई धोका दिएको बताए। 

‘बाँदरलाई मकै गोठाला बनाएर सुली तयार नहुने भन्दै संविधान र लोकतन्त्र रक्षा, जनतमत कदरका लागि जिल्लाबासीलाई कांग्रेस पार्टीमा लाग्न पाैडेलले अनुरोध गरे।

हेर्नुस् फोटोहरू

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.