|

काठमाडौं :  इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले न्युक्यासललाई पराजित गरेको छ। गएराति भएको खेलमा चेल्सीले न्युक्यासललाई २-० गोलले हरायो। 

चेल्सीलाई जिताउन ओलिभर जिरउड र टिमो वेर्नरले गोल गरे। जितसँगै चेल्सी २४ खेलबाट ४२ अंकसहित लिगको चौथो स्थानमा उक्लिएको छ। न्युक्यासल भने २५ अंकसहित रेलिगेसन जोनभन्दा एक स्थान माथि छ। 

गएराति नै भएको अर्को खेलमा वेष्टह्यामले सेफिल्ड युनाइटेडलाई ३ ० ले पराजित गरेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.