|

डोल्पा : नेपाल बैंक लिमिटेड जगदुल्ला, डोल्पा शाखाका म्यानेजर कार्यालय समयमा स्थानीय ब्यापारीसँग जुवा खेलेर समय बिताउने गरेको पाइएको छ। 

बैंकका म्यानेजर अनिलकुमार गुप्ता सेवाग्राहीको काम छोडेर दिनभर जुवातास खेलेर समय विताउने गरेको पाइएको हो। 

गुप्ताले लामो समयदेखि सहायक कर्मचारीको जिम्मामा कार्यालय छोडेर दिनभर जुवा खेल्ने गरेको पाइएको छ। दिनभर जुवातास खेलेर साँझपख उतैबाट मदिराको नसामा झमेर कार्यालयमा आउने गरेको एक स्थानीयले बताए।

कार्यालयमा जादा गुप्ता कहिल्यै नभेटिने र तोक लगाउनुपर्ने कागजातको लागि हाकिम खोज्न गाँउतिर लाग्नुपर्ने बाध्यता रहेको सेवाग्राहीको गुनासो छ। म्यानेजर गुप्ताले भने आफूमाथि लागेको आरोपको खन्डन गरे। ‘मलाइ सुनियोजित तबरले भिडियो बनाएर फसाउन खोजिएको मात्र हो’ गुप्ताले भने,‘मेरो कारणले सेवाग्राहीको काममा कुनै बाधा परेको छैन।’ 

करिब ६ महिनादेखि शाखा प्रमुखले सेवाग्राहीलाई दुख दिइरहेको र बारम्बार सम्झाउँदा पनि नसच्चिएको जगदुल्ला गाँउपालिका अध्यक्ष नारासिंह रोकायाले बताए। 
प्रमुख जिल्ला अधिकारी माधबप्रसाद ढकालले गुनासो आएपछि आफूले बास्ताविकता बुझ्ने बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.