|

काठमाडौं : अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानले मातृभाषा राष्ट्रिय राष्ट्रिय कविता महोत्सव गर्ने भएको छ। फागुन ९ गते प्रतिष्ठानकै हलमा महोत्सव हुने भएको हो।

विभिन्न ५७ भाषाका ७० जना कविले कविता वाचन गर्ने सूची तयार भएको प्रष्ठिान मातृभाषा तथा साहित्य विभाग प्रमुख लक्ष्मी मालीले जानकारी दिइन्। विगत वर्षहरुमा जस्तै यस वर्ष पनि विभिन्न मातृभाषाका कविताहरु छनोट गरी प्रस्तुत गर्ने सूची तयार पारिएको उनले बताइन्। दिवसको असरमा प्रतिष्ठानले फागुन १० गते मातृभाषाका विभिन्न पक्षबारे विचार गोष्ठी पनि गर्ने भएको छ। 

संयुक्त राष्ट्र संघको आह्वानमा सन् २००० देखि मातृभाषा दिवस मनाउन थालिएको हो। सन् १९५२ मा तत्कालीन पूर्वी पाकिस्तानमा बंगलादेशी विद्यार्थीहरुले आफ्नो मातृभाषा बोल्न पाउनुपर्ने माग गर्दा दमन भएको र त्यतिबेला ज्यान गुमाएका विद्यार्थीहरुको सम्झनामा यो दिवस मनाउन थालिएको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.