|

काठमाडौं : काठमाडौं महानगरपालिकाले आजदेखि ६ महिनासम्म नि:शुल्क मिर्गौला परीक्षण गर्ने भएको छ। महानगरपालिकाले एक सूचना जारी गरी ३२ वटै वडामा बसोबास गर्ने नगरबासीको नि:शुल्क मिर्गौला परीक्षण गर्ने जानकारी दिएको हो।

‘मिति २०७७ साल फागुन ५ गतेदेखि ६ महिनासम्म स्वस्थ्य मिर्गौला स्वस्थ्य काठमाडौं कार्यक्रम अभियानका रुपमा सञ्चालन भैरहेको छ‚’ महानगरपालिकाकाे जनस्वास्थ्य विभागले जारी गरेकाे सूचनामा भनिएको छ।

महानगरपालिकाले सञ्चालन गरेको वडास्थित सामुदायिक सहरी स्वास्थ्य क्लिनिकमा गई पिसाबको प्रारम्भिक परीक्षणबाट मिर्गौला परीक्षण गर्न सकिने सूचनामा उल्लेख छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.