|

काठमाडौं : सर्वोच्च अदालतको संवैधानिक इजलासमा जारी संसद् विघटनविरुद्धको मुद्दामा एमिकस क्युरी अर्थात अदालतका सहयोगीले राय दिने क्रम जारी छ। 

दोस्रो दिन आज वरिष्ठ अधिवक्ता सतिशकृष्ण खरेलले आफ्नो बहस सुरु गरेका छन्। बहसको सुरुमा उनले आफू चार प्रश्नमा केन्द्रित हुने इजलासलाई जानकारी दिएका छन्। उनले विभिन्न प्रश्न गरेका छन् उनको पहिलो प्रश्न  निर्विवाद बहुमत प्रधानमन्त्रीले संसद् विघटन गर्न पाउने अधिकार संविधानले दिएको छ कि छैन भन्ने छ।

यस्तै उनले  संसदीय लोकतन्त्रमा प्रधानमन्त्रीले संसद् विघटन गर्ने सार्वभौमिक अभ्यास छ कि छैन भनेका छन्। त्यसै गरी उनले  मूल्य र मान्यताकै भरमा विघटन गर्न मिल्छ भन्दै प्रश्न पनि गरेका छन्। त्यसै गरी खरेलले संविधानमा लेखिएको मान्ने कि अभ्यास भन्दै संवैधानिक इजलासमा प्रश्न राखेका छन्।  रिट निवेदक र प्रतिवादीको बहस सकिएपछि मंगलबारदेखि अदालतले एमिकस क्युरीको राय लिन थालेको हो। पहिलो दिन संसद विघटनको मुद्दामा राय दिँदै वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले संसद विघटन बदनियतपूर्ण र असंवैधानिक भएको बताएका थिए। 

यो मुद्दामा सर्वोच्च अदालतलाई राय दिन एमिकस क्युरीका रूपमा बद्रीबहादुर कार्की, सतीशकृष्ण खरेल, विजयकान्त मैनाली, पूर्णमान शाक्य र गीता पाठक छन्।  एमिकस क्युरीको बहस सकिएपछि संवैधानिक इजलासले अध्ययन गरेर मुद्दाको टुंगो लगाउनेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.