|

काठमाडौं :  स्रसद विघटन मुद्दामा जारी अदालतको सहयोगी (एमिकस क्युरी) ले आज पनि संवैधानिक इजलासलाई आफ्नो राय दिने भएका छन्। 

तीन दिनदेखि जारी बहसमा एमिकस क्युरीकै राय बाझिएको छ। संवैधानिक इजलासमा एमिकस क्युरीका तर्फबाट बोल्ने वरिष्ठ अधिवक्ता सतिशकृष्ण खरेलले संसद विघटनलाई असंवैधानिक र वरिष्ठ अधिवक्ता विजयकान्त मैनालीले संवैधानिक भनेका छन्। 

वरिष्ठ अधिवक्ता सतिशकृष्ण खरेलले यो निर्णय सदर भए लोकतान्त्रिक प्रणाली नै ध्वस्त हुने जिकिर पनि गरे। उनले प्रणाली नै ध्वस्त हुन लागेका बेला एउटा कम्पन हामी पनि ल्याउँ’ भन्ने लागेको भए मात्र संसद् विघटनलाई सदर गर्न इजलासलाई सुझाव दिए।

तर एमिकस क्युरीका अर्का सदस्य वरिष्ठ अधिवक्ता विजयकान्त मैनालीले संविधानले नै प्रधानमन्त्रीलाई विघटनको अधिकार दिएको जिकिर गरेका छन्।  मैनालीले संविधानको धारा ७६ को उपधारा ७ ले नै प्रधानमन्त्रीलाई सो अधिकार दिएको बताए।

तर यसको व्याख्या गर्ने अधिकार अदालतको भएको उनले बताए।  कार्यकारीलाई संसद विघटन गर्ने अधिकार अन्य संसदीय अभ्यासमा पनि रहेको मैनालीको तर्क छ।  यस्तै मंगलबार बद्रीबहादुर कार्कीले अदालतलाई आफ्नो राय दिइसकेका छन्। 

सर्वोच्चले यस विषयमा राय लिनका लागि पाँच सदस्यीय एमिकस क्युरी झिकाएको थियो। एमिकस क्युरीमा नेपाल बार एसोशिएसनका तर्फबाट बद्रीबहादुर कार्की, सतिशकृष्ण खरेल र विजयकान्त मैनाली छन्। 

यसैगरी सर्वोच्च अदालत बार एसोशिएसनको तर्फबाट पूर्णमान शाक्य र गीता पाठक संग्रौला एमिकस क्युरीमा छन्।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.