|

काठमाडौं : नेपाल वायुसेवा निगम र लुम्बिनी बौद्ध विश्वविद्यालयबीच नेपालको पर्यटन प्रवर्धन र बुद्ध दर्शनको विस्तार गर्न सम्झौता भएको छ।

बुधवार निगमको केन्द्रीय कार्यलयमा एक समारोहबीच निगमका महाप्रबन्धक डिमप्रसाद पौडेल र विश्वविद्यालयका उपकुलपति प्रा.डा. हृदयरत्न बज्राचार्यले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्। पर्यटन र बुद्ध दर्शनसँग सम्बन्धित विशेष कार्यक्रम बनाउने र त्यसलाई कार्यान्वयन गरी पारस्परिक समझदारीमा गरिने समेत बताइएको छ। 

सम्झौता अनुसार लुम्बिनी क्षेत्रका साथै नेपालका अन्य बुद्धिस्ट क्षेत्रहरुमा पर्यटन विकासमा दुवै संस्थाले प्रबर्दनात्मक कार्यक्रम सन्चालन गर्ने र अनुसन्धानात्मक क्रियाकलापमा सहयोग आदान प्रदान गर्ने उल्लेख छ।

त्यस्तै लुम्बिनी बौद्ध विश्वविद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरूका लागि पर्यटनसँग सबन्धित प्रयोगात्मक अध्ययनको अवसर निगमले प्रदान गर्नेछ। विश्वविद्यालयले आन्तरिक र अन्तर्राष्ट्रिय उडानमा निगमको सेवालाई प्राथमिकता दिने समझदारी पत्रमा उल्लेख छ ।

चार वर्षको लागि गरिएको सो सम्झौता अनुसार लुम्बिनी विश्वविद्यालयमा उच्च शिक्षा लिने निगमका कर्मचारीका सन्तानलाई शुल्कमा विशेष छुट दिइने छ।

निगमका महाप्रबन्धक पौडेलले बुद्धमार्गीहरुको बाहुल्य भएका मुलुकमा नेपाल वायु सेवाको उडान सञ्चालन गर्ने अवधारणा सुनाएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.