|

रौतहट : यहाँस्थित एक निर्माण कम्पनीले ठेक्का अवधि बाँकी छँदै  सडक कालोपत्रेको काम सम्पन्न गरेको छ। शहरी विकास तथा भवन निमार्ण विभाग डिभिजन कार्यालय पर्साले ठेक्का लगाएको सडक कालोपत्रेको काम निर्माण कम्पनीले अवधि बाँकी छँदै सम्पन्न गरेको हो। 

सगुन कन्ट्रक्सन कम्पनी लिमिटेडले करिब १६ किलोमिटर सडक कालोपत्रेको काम सम्पन्न गरेको छ। रौतहटको गुजरा नगरपालिका अन्तर्गत बालचनपुर जंगलसहियाको १० किलो मिटर मुख्य सडक र परसवा–प्रतापपुर–खतबैया सडकको साढे ५ किलोमिटर सडक ठेक्का अवधि भन्दा अगाडि नै कालोपत्रे गरिएको छ।

बालचनपुर-जंगलसहिया सडक खण्डको सम्झौता २०७५ बैशाख १९ गते भएको थियो भने परसवा-खतबैया सडक खण्डको सम्झौता २०७५ चैत्र २८ गते भएको डिभिजन प्रमुख रन्जन दासले बताए। दुवै सडकको अबधि २ वर्ष थियो। अवधि सकिन करिव तीन महिना बाँकी छ। समय अवधि अगाडि नै काम सम्पन्न गर्ने कम्पनीलाई सम्मान गर्ने डिभिजन प्रमुख दासले बताए।

बालचनपुर–जंगलसहिया सडक १४ करोड १९ लाख ३३ हजार ६ सय ७४ रुपैयाँमा र परसवा-खतबैया सडक खण्डको आठ करोड ६२ लाख १२ हजार १ सय १४ रुपैयाँमा ठेक्का लिएको सगुन कन्ट्रक्सनका संचालक कृष्ण खडकाले जानकारी दिए। उक्त सडकको शहरी विकाश मन्त्री प्रभु साहले उद्घाटन गरेका छन्। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.